मकवानपुर, साउन ८: हेटौंडा उपमहानगरपालिकामा लगातार परेकाे भारी वर्षासँगै आएको बाढीले कर्रा खोलामा ट्रक बगाएको छ ।
युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रकलाई बुधबार बिहान ६ बजेतिर शिवम् सिमेन्टको सामान अनलोड गरेर फर्कदै गर्दा कर्रा खोलाले बगाएको प्रहरीले जनाएको छ ।
ट्रकलाई उद्धार गर्ने प्रयास भएपनि जाेगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको बताउँदै उनले पानी रहने बित्तिकै उद्धार कार्यअघि बढाइने जानकारी दिए ।
ट्रक चालक बाहिर निस्किन सफल भएका छन् भने अन्य मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।