राजविराज, असार ७ : सप्तरीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। वर्षासँगै मंगलबार बिहान चट्याङ लागेर सुरुङ्गा नगरपालिका–३ का ५५ वर्षीय हरिहर चौधरी र हनुमानगर कंकालिनी नगरपालिका–११ निवासी ४५ वर्षीया शिवसती देवीको मृत्यु भएको हो।
खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेपछि चौधरीलाई अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यसैगरी, देवीको खेतमा खाना पुर्याउन गएर घर फर्किने क्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ।