दैलेखमा बस दुर्घटना १ काे मृत्यु ८ घाइते

रिपोर्ट नेपाल | 2019 Jul 23 | 09:22 am 3173

दैलेख, साउन ७:  जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ राकम कर्णालीमा मंगलबार विहान बस दुर्घटना भएकाे छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ५ मालाचौर बस्ने अन्दाजी ३३ वर्षकी धृजा माझी रहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पाेखरेलले  जानकारी दिए ।

ठाकुरका अनुसार ना ५ ख ७२४३ नम्बरको गाडी चिप्लिएर दुर्घटना भएको हो ।  बस जुम्ला देखि काठमाडौंका लागि छुटेको थियो ।   बसमा नौ जना सवार मध्ये ती महिलालाई बस पल्टिदा च्यापेका कारण मृत्यु भएको हो ।अरु थप यात्री लिनका लागि मालाचौर जान फर्कदा शेराबाडा नजिकै दुर्घटना भएको स्थानीय छत्र माझीले जानकारी दिए ।

दुर्घटनामा परेका अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीका सहायक इन्सपेक्टर विष्णु गिरीले जानकारी दिए । बाँकी ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.