संस्थागत रूपमा सुत्केरी गराउनेलाई दुई क्रेट अन्डासँगै ५ सय रुपैयाँ

रिपोर्ट नेपाल | 2019 Jul 23 | 07:46 am 1912

रसुवा, साउन ७: जिल्लाकाे नौकुण्ड गाउँपालिकाले संस्थागत रूपमा सुत्केरी गराउनेलाई दुई क्रेट अन्डासँगै ५ सय रुपैयाँ दिने भएको छ।

गाउँपालिकाले गर्भवती महिला तथा सुत्केरी आमाको पोषण सुधारका लागि कार्यक्रम लागू गरेको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाभित्र आर्थिक वर्ष २०७५/७६ मा २१ दशमलव २९ प्रतिशतले मात्र संस्थागत सुत्केरी गराएका छन्।

आव २०७४/७५ को तथ्यांकअनुसार २४ दशमलव २६ प्रतिशत, आव २०७३/७४ मा २७ दशमलव ३७ र २०७२/७३ मा २४ दशमलव ८ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएका थिए । नागरिक न्युजबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.