तरकारी कालाबजारीयालाई कस्काे संरक्षण ?

| 2019 Jul 21 | 01:21 pm 2012

काठमाडौं, साउन ५: हरेक जनातको साँझ बिहानको खानामा आवश्यक पर्ने तरकारीको मुल्यले आकाश छुँदा समेत सरकार रमिते बनेर बसेको छ । गत सालको तुलनामा दुई सय प्रतिशतसम्म तरकारीको मुल्य बृद्धीले जनताको ढाड सेक्दा समेत तरकारी बिचौलियालाई कसले संरक्षण र मलजल गरेको छ बुझ्न सकिएको छैन ।

साँझ बिहानको छाकसँगै जोहो गर्नुपर्ने तरकारीको मुल्य आकासियपछि सर्वसाधारण मजदुरहरु नुनसँग छाक टार्न बाध्य भएका छन् । गत साल ५० रुपैयाँ प्रति केजी पाइने टमाटर यस पटक १ सय २० रुपैयाँ पुगेको छ । अहिले सिजन भएको भटमास, घिरौला, काक्रा, चिचिण्डो, हरियो फर्सि लगायत अन्य तरकारीको मुल्य पनि विगतको तुलनामा दुई गुणा मुल्य बृद्धी भएका छन् ।

यसरी अस्वभाविक रुपमा तरकारीको मुल्य बृद्धी भएपछि सरकारले कालिमाटी र बल्खुस्थित तरकारी बजारको अनु्गमन गरेको बताए पनि त्यसको कुनै प्रभाव परेको छैन । असारको अन्तिम साता आएको अविरल वर्षाका कारण बाटो बन्द भएपछि तरकारी आयातमा कमी भएपनि अहिले पूर्ण रुपमा सडक सुचारु हुँदासम्म कालाबजारीयाका कारण तरकारी प्रर्याप्त नपाइनु र मुल्य आकाशिनुमा सरकारको चरम लापरवाही देखिएको छ ।

किसानबाट सस्तोमा लिने र थोरै मात्रै बिचौलियाले बजारमा ल्याएका कारण महंगीले आकाश छोएको हो । जनतोको घरघरमा आवश्यक पर्ने तरकारीको मुल्यमा यसरी बृद्धी हुँदासम्म सम्बन्धीत निकाय भने कानमा तेल हालेर चिर निन्द्रमा मस्त रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.