पाइपलाइनबाट बिहीबार साँझ पेट्रोलियम पदार्थ नेपाल आइपुग्ने

रिपोर्ट नेपाल | 2019 Jul 18 | 10:34 am 1719

काठमाडौं, साउन २:  नेपालमा भारतबाट पाइपलाइनमार्फट पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको छ ।

बुधबार दिउँसो २ बजे आइओसीको मोतिहारी डिपोबाट डिजेल छाडिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)को अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि डिजेल पठाउन सुरु गरिएको हो ।

बुधबार छाडेको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्ने निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए  ।

नेपाल तर्फ पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार छन् । ती ट्यांकीसम्म तेल लैजान पाइप पनि फिटिङ भइसकेको यादवले जनाए । तर, पटना–मोतिहारी १ सय ९९ किलोमिटर पाइप पानीले सफा गरेर मात्रै डिजेल छाडिएकाले त्यसलाई शुद्धिकरण गरेर मात्रै खन्याइने बताइएकाे छ ।

पाइपलाइनकाे उद्घाटनको तयारीसमेत सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गराउने तयारी भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.