चर्चित गुण्डा नाइके राजेन्द्र लामा पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 16 | 09:46 am 2289

काठमाडौं, असार ३१:  चर्चित गुण्डा नाइके निमा भन्ने राजेन्द्र लामालाई प्रहरीले पक्राउ गरेकाे छ। उनलाई महानगरीय प्रहरी परिसरको टोलीले मंगलबार बिहान कोटेश्वरबाट पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले दिएकाे जानकारी अनुसार पक्राउ परेका निमालाई टेकुमा राखिएको बताए । लामा  लामाे समयदेखि नै प्रहरीकाे विशेष निगरानीमा रहेका थिए ।

राजेन्द्र यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परेका उनले पछिल्लो समयमा उक्त क्षेत्रमा व्यवसायीलाई धम्की दिने, चन्दा संकलन गर्नेलगायतका काम गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

लामा काभ्रेको भीमखोरी गाविस–२ करम डाँडाका स्थायी बासिन्दा हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.