खोलामा खस्दा अढाई वर्षीय एक बालककाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 15 | 01:05 pm 1879

झापा, असार ३०:  जिल्लाकाे मेचीनगर नगरपालिका १३ फुलबासा खोलामा चिप्लिएर खस्दा अढाई वर्षीय अजित प्रसाईको ज्यान गएको छ ।

साेमबार बिहान बुवासँग खेतमा पछ्याउँदै जाँदा चिप्लिएर खोलामा लडेका अजितलाई उनका बुवाले स्थानीयको सहयोगमा अस्पताल लगेका थिए ।

बालकलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउँदा  चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.