आफ्नै छोरी बलात्कार गर्ने एक जनालाई जन्मकैदकाे फैसला

रिपोर्ट नेपाल | 2019 Jul 15 | 11:41 am 1870

रुकुम, असार ३० गत चैत ४ गते आफ्नै छोरीलाई बलात्कार गरेको अभियाेमा पक्राउ परेका रुकुम (पश्चिम)का एक व्यक्तिलाई जन्मकैदको फैसला भएको छ।

कैदकाे फैसला हुनेमा सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन) रहेका छन् ।  उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरिएको हो।

आइतबार जिल्ला न्यायधिस आत्मदेव जोशीको इजलासले छोरीलाई बलात्कार गरेको ठहर गर्दै जन्मकैदनको फैसला गरेको अदालतका श्रेस्तेदार शिवहरी सुवेदीले जानकारी दिए।

पक्राउ परेका बलबहादुर (नाम परिवर्तन)ले आफ्नै छोरीलाई निरन्तर रूपमा दुई वर्षदेखी बलात्कार गर्दै आएको उनले अदालतमो स्वीकार गरेको बताइएको छ। पीडितकी आमाले प्रहरी चौकी पुर्तिमकाडामा निवेदन दिएकी थिइन्।

अदालतले फैसला गरेपछि छोरी बलात्कार गर्ने  बलबहादुरलाई आइतबार नै जेल चलान गरिएको छ। अहिले उनलाई जिल्ला कारागार रुकुममा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.