बाढीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 15 | 11:11 am 2184

  • महेश सिंह महतो

सिराहा, असार ३०:  जिल्लाको मिर्चैया नगरपालीका १ मा बाढीमा डुवेर एक बालिकाको मृत्यु भएको छ ।

लगातार परेको पानी रोकीएर मौसम सफा भएपछि बाख्रा चराउन गएका १० वर्षीय रागीनी मण्डलको  बाढी डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिए।

बाख्रा चराउन गएकी उनको चिप्लिएर धेरै पानी भएको ठाउँमा डुवेपछि मृत्यु भएको स्थानीयको अनुमान रहेको छ । पानीमा डुबेको अवस्थामा रागीनीलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले बालिकाको शव करिब २ घन्टा पछी निकालेको र शव परिवाजनलाई जिम्मा लगाएको ईलाका प्रहरीले कार्यालय मिर्चैयाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.