काठमाडौं, असार २९: विगत केही दिनदेखि देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा आएको बाढीपहिरो प्रभावित क्षेत्रहरुमा उद्धार कार्यको लागि आइतबार ८१ सय फौज परिचालन गरिएकाे छ।
प्रभावित क्षेत्रमा हुन सक्ने जनधनको थप क्षतिको सम्भावनालाई न्युनिकरण गर्न जनजीवनलाई सामान्य अवस्थामा ल्याउने उद्देश्यका साथ नेपाली सेनाका विभिन्न स्थानहरुमा तैनाथ युनिटहरुबाट टोली परिचालन गरिएको छ ।
टोली परिचालन भई खोज तथा उद्धार, राहत वितरण, मेडिकल क्याम्प खडा गरी उपचार, कमला नदीमा बाँध बाँध्ने, थुनिएका खोला, ढल, नाली खोल्ने तथा तटबन्द निर्माण, हवाई साधनबाट राहत सामाग्री ढुवानी, पहिरो पन्छाई राजमार्ग तथा सहायक मार्गहरु सुचारु गर्ने कार्य लगायत अन्य मानवीय सहयोगका कार्यलाई तिव्रताका साथ निरन्तरता दिई रहेको छ ।