काठमाडौं, असार २९: सवारी दुर्घटनामा परेर मलेसियामा दुई जना नेपाली युवकको मृत्यु भएको छ।
मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा शुक्रबार दुर्घटना हुँदा कञ्चनपुर र नुवाकोट घर भएका दुई युवकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्ट र नुवाकोटका शिव दाहाल रहेको जनाइएको छ ।
भट्ट आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेकाे बुझिएकाे छ । उनीसँगै माेटरसाइकलमा जाँदा दाहालको समेत मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ।