मनसुन क्रमिक रूपमा सुधार हुँदै

| 2019 Jul 14 | 06:48 am 2561

काठमाडौं, असार २९:  मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक रहेको छ तर कमजाेर अवस्थामा छ। यी प्रणालिहरूका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार भने शुक्रबार जस्तो अविरल वर्षा भने नहुने महाशाखाले जनाएको छ । तर पनि जोखिमपुर्ण ठाँउमा उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज र भोली केही रोकिएर पानी पर्ने छ । १०० मिलिमिटरभन्दा माथि वर्षा हुने सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.