खाेलाले बगाउँदा तीन किशाेरी बेपत्ता

| 2019 Jul 13 | 06:39 pm 1829

इलाम, असार २८:  जिल्लाको माई नगरपालिकामा खाेला तर्दा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन रहेकाे प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले दिएका जानकारी अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिबार घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको बताए । उनीहरूलाई माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा खोलाले बगाएको भण्डारीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट उनीहरुको खोजीका लागि प्रहरी खटाइएको बताइएको छ । लगातार परेको पानीका कारण उद्धार कार्यमा समस्या भएको बुझिएकाे छ । यस्तै खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.