मर्स्याङदी नदीमा निर्माणाधिन पुल सम्पन्न नभई भत्कियाे

रिपोर्ट नेपाल | 2019 Jul 13 | 05:48 pm 1959

मनाङ, असार २८:  जिल्लाकाे ङिस्याङ गाउँपालिका वडा नम्बर ४ हुम्डेस्थित मर्स्याङदी नदीमा निर्माणाधिन पुल सम्पन्न नभइ भत्किएको छ ।

३ वर्ष अघि निर्माण शुरु गरिएको  उक्त पुलको लगभग ७० प्रतिशत काम समम्पन्न भएकाे थियो । निर्माण सम्पन्न हुन लागेको अवस्थमा भत्किएको हो ।

साे पुल काठमाडौंस्थित ग्वाला क्याराभान जेभीले ४ करोड ५१ हजारको लागतमा निर्माणकाे जिम्मा पाएकाे थियाे । पुल निर्माण सम्पन्न नहुँदै भत्किएपछि हुम्डेबाट ङावलसम्म मोटर पुर्याउने योजना तत्कालको लागि राेकिएकाे छ ।

२०७३ सालमा तत्कालिन जिल्ला विकास समिति मनाङसँग पुल निर्माणको लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले  सम्झौता गरेको थियो । संघीयता कार्यान्वयनसँगै २०७५ चैतबाट पुल अनुगमनको जिम्मा पुर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो ।

स्थानीयले दिएका जानकारी अनुसार एकमहिना अघिदेखिनै साे पुल लच्कीदै गएको बताए । दुईतर्फ पिल्लर बनिकसेपछि पुल जडानको लागि नदीमा राखिएको सपोर्टवालमा पानीको बहावले झड्का दिएपछि फलामको सपोर्ट पिल्लरसँगै भत्किएको छ ।

पुल भत्किएको विषयमा स्थानीयको निर्माण पक्षलाई बारम्वार जानकारी गराइएको पुर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए। हामीले यसअघिनै पुल लच्किएको जानकारी निर्माण पक्षलाई गराएका थियौ, पराजुलीले भने, वर्षात र सडक अवरोधका कारण समयमै काम हुन नसक्दा पुल पुरै भत्किन पुग्यो ।’

पुल भाँचिएर नदिसम्मै पुगेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सक्ने लक्ष्य लिएको पुल भत्किएपछि अन्यौलमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.