चितवन, असार २८: खेत जोतेर फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका– १६ खैरेटिका ४५ वर्षीय नारायण भनिने झवराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिए ।
शनिबार खेतकाे काम सकेर फर्केकाे ना ७ त ४११ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भइ पल्टिँदा चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।
मध्याह्न १२ः४० बजे भएको उक्त दुर्घटनामा परी घाइते उनको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा दिउँसो १ः४५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
ट्याक्टर १५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ ।