भारी वर्षाका कारण सिंहदरबारकाे पर्खाल ढल्याे

रिपोर्ट नेपाल | 2019 Jul 12 | 01:43 pm 2228

काठमाडौं, असार २७:  बिहीबारदेखि लगातार वर्षा भई विभिन्न ठाउँमा बाढी र पहिरो गइरहेका बेला मुलुककै प्रमुख प्रशासनिक केन्द्रकाे रूपमा रहेकाे सिंहदरबारकै पर्खाल भत्किएकाे छ ।

सिंहदरबारको पूर्वी गेट अनामनगरस्थित बाजेकाे सेकुवा अगाडीकाे पर्खाल ढलेको हो । यसअघि ७२ सालकाे भूकम्पका बेला पनि सिंहदरबारको पर्खाल ढलेको थियो ।

वर्षाले पर्खाल ढलेपछि मानिसहरु सडकबाटै सिंहदरबारभित्रकाे मनाेरम दृश्य हेर्न लालयित देखिन्थे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.