विमानस्थल बन्दका कारण काठमाडौं आउँन लागेका जहाजलाई डाईभर्ट

| 2019 Jul 12 | 12:57 pm 2009

काठमाडाैं, असार २७:  शक्रबार  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यति एयरको जहाज चिप्लिएर विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । यति एयरको चिप्लिएको जहाज हटाउन समय लाग्ने भएपछि विमानस्थल बन्द गरिएको हाे ।

विमानस्थल बन्द गरिएकाले काठमाडौं आउँन लागेका जहाजलाई डाईभर्ट गरिएको छ ।  विमानस्थलले दिएकाे जानकारी अनुसार एयर चाइनाको विमानलाई ल्हासा, दुबईबाट आएको नेपाल एयरलायन्सलाई दिल्ली, दोहाबाट आएको हिमालय एयरलायन्सलाई वाराणसी, दोहाबाट नै आएको कतार एयरवेजको जहाज कोलकाता डाईभर्ट गरिएको छ ।

त्यस्तै थाईल्याण्डबाट आएको थाई एयरवेज र ढाकाबाट आएको विमान बंगलादेशको जहाज काठमाडौं आकाशमा नै घुमिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.