काठमाडाैं, असार २७: त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

नेपागञ्जबाट आएकाे एटीआर ७२ काे जहाज अवतरणकाे क्रममा रनवेमा चिप्लिदा रनवे भन्दा बाहिर गएर दुर्घटना भएको सुरक्षा निकायले जानकारी दिए ।
दुर्घटनामा एक जना घाइते भएका छन भने अन्य सकुशल रहेकाे बताइएकाे छ । अहिले उद्धारका लागि सम्पूर्ण सुरक्षा निकाय तथा उद्धारकर्मी परिचालित छन् ।
अहिले त्यस विमानस्थलबाट हुने सम्पूर्ण उडान सेवा अवरूद्ध भएकाे छ ।