काठमाडौं, असार २७: लगातार परेकाे अविरल पानीसँगै देशका विभिन्न स्थानमा खसेको पहिरोको कारण पहाडी क्षेत्रका बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा यातायात संचालन अवरूद्ध भएको छ ।
पहिराेकाे कारण बीपी रार्जमार्गको सुनकोशी गाउँपालिकाक्षेत्रमा र गोलन्जोर गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्गमा यातायात संचालन राेकिएकाे हो ।
पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको बताइएकाे छ । यसरी वर्षाका कारण राजमार्ग अवरुद्ध हुँदा लामाे तथा छाेटाे दूरीका यात्रु बीचमै अलपत्र परेका छन् ।