श्रीमानसँग मिलेर पूर्व प्रेमीको हत्या, खोला किनारमा भेटियो शव

रिपोर्ट नेपाल | 2019 Jul 10 | 04:40 pm 1908

कैलाली, असार २५ : कैलालीको चुरे गाउँपालिका–६ मडमा श्रीमान–श्रीमती मिलेर एक व्यक्तिको हत्या गरेका छन् ।

ज्याला मजदुरी गर्दै आइरहेका गुल्मीका कमल कुँवरको शव असार २२ गते हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा भेटिएको थियो । कुँवरको हत्या गरेको आरोपमा प्रहरीले लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई पक्राउ गरेको छ ।

मृत्तक कुँवर कल्पनाका पूर्व प्रेमी भएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिएका छन् । स्थानीयबासीको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको टोलीले मंगलबार अवेर सिमसेला खोला किनारमा जमिनमुनी गाडेको अवस्थामा कुँवरको शव भेट्टाएको थियो ।

कुँवर असार २२ देखि हराइरहेका थिए । हत्याको खास कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा जानकारी लिने काम भइरहेको उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.