ओखलढुंगा, असार २५: जिल्लाको मानेभञ्ज्याङ भन्नेस्थानमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट सोलुखुम्बुका जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान करिब ३ बजे तिर भिरबाट तल खसेको प्रहरीले जानकारी दिएकाे हाे । साे बस दुर्घटनमा परि ज्यान गुमाउनेहरुमा दुई जना पुरुष र एक जना महिला छन् । उनीहरूकाे नाम ठेगाना खुली नसकेकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई काठमाडौं ल्याइएको छ । अन्य बाँकीको उदयपुरको घुर्मीस्थित रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । वर्षादकाे बेला बाटो चिप्लो भएर बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।