बीपी राजमार्गमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने माग गर्दै अर्धनग्न जुलुस

| 2018 Jun 18 | 03:39 pm 3744

रामेछाप, , असार ४ :  बीपी राजमार्गमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने माग गर्दै अर्धनग्न जुलुस निकालेका छन् ।
सोमबार रामेछाप सदरमुकाम मन्थलीका ब्यवसायीले राजमार्गमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने माग गर्दै अर्धनग्न जुलुस निकालेका हुन् ।

सिन्धुली प्रशासनले तराईबाट आएका ठूला मालवाहक गाडी सिन्धुलीमाडीमै रोकेर राखेपछि रामेछापमा सामान ढुवानी प्रभावित भएको छ ।

आन्दोलनपछि देवकोटा चोकमा भएको कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले ढुवानी समस्याका कारण रामेछापका जनताले उपभोग्य सामान किन्नै नसक्ने गरी महंगिदा पनि सरकार रमिते बनेको आरोप लगाए ।

सरकार आफुहरुको आन्दोलन प्रति गम्भीर नभएको भन्दै सशक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.