गुल्मीको धुर्कोट गाउँपालीकाले ज्येष्ठ नागरिकलाई रेडियो र लट्ठी दियो

रिपोर्ट नेपाल | 2019 Jul 04 | 05:13 pm 2384

गुल्मी, असार १९ : विसौ वर्ष पछि कर्मचारीबाट जनप्रतिनिधिमा पुगेको स्थानीय सरकारबाट जनताहरू लाभान्वित हुन थालेका छन् । माओवादी युद्धका कारण निर्वाचन हुन नसकेपछि कर्मचारीले चलाउँदै आएको स्थानीय तहमा त्यसबेला खासै लोकप्रिय काम हुन सकेका थिएनन् ।

स्थानीय निर्वाचन भएको छोटो अवधिमा जनप्रतिनिधिले लक्षित वर्गलाई पहिचान गरी विभिन्न कार्यक्रम लागु गरेको छ । यसैक्रममा धुर्कोट गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मानमा रेडियो र लट्ठी हस्तान्तरण गरेको छ । घर परिवार दिनभर काममा व्यस्त हुँदा एक्लो महसुस नहोस् भनेर मनोरञ्जनका लागि रेडियो र सहाराका लागि लट्ठी दिएको हो ।

यस आर्थिक वर्षमामा दुई सय ज्येष्ठ नागरीकहलाई रेडियो र लट्ठी अध्यक्ष भूपाल पोखै्ल र उपाध्यक्ष शिवकेसीले हस्तान्तरण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.