अर्घाखाँची, असार १९: रूपन्देहीबाट अर्घाखाँचीकाे सदरमुकाम सन्धीखर्क जाँदै गरेकाे लु १ ज १३२९ नम्बरकाे जिप अर्घाखाँचीकाे सुपाखाेलामा दुर्घटना भएकाे छ ।
दुर्घटनामा तीन जनाकाे ज्यान जानुका साथै छ जना घाइते भएकाे बुझिएकाे छ । घाइते मध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार गराइरहेकाे बताइएकाे छ । घटनाकाे विस्तृत विवरण आउँन भने बाँकी रहेकाे छ ।