एउटा नासु सरुवा गराउन ३२ जनासम्म सांसद धाए : मन्त्री पण्डित

रिपोर्ट नेपाल | 2019 Jul 03 | 05:19 pm 1619

काठमाडौं, असार १८ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाका लागि सांसदहरु नै आफूकहाँ धाउने गरेको खुलासा गरेका छन् ।

बुधबार संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा उनले विगतमा एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ आएको बताएका हुन् ।

विगतको अनुभव सुनाउँदै पण्डितले समिति बैठकमा भने ‘अहिले को हो भनेर म भन्दिनँ अघिल्लो पटक मन्त्री हुँदा एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनु भयो ।’

नेकपा सांसद जनार्दन शर्माले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने बताएका छन् । ‘सबैले सोर्स फोर्स लगाउने, सत्तापक्षले पनि लगाउने प्रतिपक्षीले पनि लगाउने पूर्व मननीयले पनि लगाउने यही हाम्रो कमजोरी छ, यसलाई सुधार गर्नुपर्छ’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.