गेष्ट हाउसमा  बसेको एक युवक मृत फेला

रिपोर्ट नेपाल | 2019 Jul 03 | 01:07 pm 1803

काठमाडौं, असार १८:   गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा  बसेको एक युवक मृत फेला परेका छन् ।

मंगलबार साँझ प्रेमिकासँगै गेष्ट हाउसमा बसेको काभ्रे घर भइ हाल बुढानिलकण्ठ बस्ने २६ वर्षीय प्रमोद गुरुङ मृत फेला परेका हुन् ।

महानगरीय प्रहरी वृत्त गोगंबुका प्रहरी निरीक्षक मोहनविक्रम केसीले दिएका जानकारी अनुसार उनीहरू फेसबुकमार्फत चिनजान भएकाे बुझिएकाे छ ।  प्रेमिकासँग बसेका ती युवक गेष्ट हाउसको १ सय ४ नम्बर कोठामा मृत भेटिएका हुन्।

प्रहरी निरीक्षक केसीका अनुसार उनीहरु बसेको कोठामा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको जानकारी दिए ।

गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक केसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.