नवलपरासी, असार १८: बुधबार वर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।
बिहान ४ बजे लु २ ख १४९३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ७५ वर्षिया राधिका अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।
शवलाइ पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य चौकी दुम्कौलीमा राखिएको र बस सहित चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।