सनातन हिन्दु राष्ट्रको आवाज बुलन्द गर्न बरिष्ठ पत्रकार त्रिपाठी धादिङ जादै

रिपोर्ट नेपाल | 2019 Jul 03 | 10:29 am 4374

काठमाडौं, असार १८:  मातृभूमिको रक्षा र सनातन हिन्दु राष्ट्रको पक्षमा जनमत जुटाउन र यस बारे नागरिकलाई सचेत पार्नका लागि गठित मातृभूमिका लागि नेपाली भन्ने संस्था स्थापना भएको छोटो अविधि मै सकृय हुन थालेको छ ।

बरिष्ठ पत्रकार एवम् घटना र विचार साप्ताहिकका संस्थापक प्रधान सम्पादक देवप्रकाश त्रिपाठीको संयोजकत्वमा गठित संस्थाले यही असार २० गते शुक्रबार धादिङ वेसीमा विशेष कार्यक्रम गर्ने भएको छ ।

धर्म निरपेक्षताको खारेजी गर्दै बौद्ध, किरात लगायतका नेपाली जनताले मान्दै आएको सबै धर्म संस्कृति र परम्पराको रक्षा गर्ने सनातन वैदिक हिन्दु राष्ट्रको आवश्यकताका विषयमा प्रष्ट पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले जनाएका छन् ।

धादिङ वेसीको आरके गेष्ट हाउसमा बिहान साढे ११ बजेबाट सुरु हुने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्न बरिष्ठ पत्रकार त्रिपाठी, परिषद सदस्य संस्थाका संस्थापक डा तिलक रावल, केशवप्रसाद भट्टराई, अरुणकुमार सुवेदी, डा राजेश अहिराज, बिमला थापा, सुभाष आचार्य र सनत आचार्य धादिङ जाने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.