बारा, असार १७: विभिन्न चोरीमा संलग्न रहेको भनी मुद्धा परे पश्चात फरार रहेका एक जना अभियुक्तलाई प्रहीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का सुरज पासवान रहेका छन् । उनलाई जिल्ला अदालत बाराले २०६८ चैत्र १६ गते चोरी मुद्धामा कैद तथा जरिवाना फैसला गरेपछि उनी फरार रहेका थिए ।
पासवानलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको टोलीले खोजतलासको क्रममा पक्राउ गरी अदालतमा पेश गरिएको हो । अदालतको आदेशले अभियुक्तलाई कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाइएको प्रहरीले जानकारी दिए ।
अवैध भैसी र पाडा नियन्त्रण
ईलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले परवानीपुर गाउँपालिका वडा नम्बर २ स्थित नहरबाट ४३ वटा अवैध भैसी र पाडापाडी नियन्त्रणमा लिइएको हो ।
उक्त भैसी र पाडापाडी आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय वीरगंजबाट खटी आएका प्रतिनिधिको जिम्मा लगाइएको प्रहरीले जानकारी दिए ।