प्रकाशकाे ३८ औँं जन्मजयन्तीमा स्व: प्रकाशलाई मन्त्री विना मगरले यसरी सम्झिन्

रिपोर्ट नेपाल | 2019 Jul 02 | 04:05 pm 2043

काठमाडौं, असार १७ : स्वार्गीय प्रकाश दाहालको ३८ औँं जन्मजयन्तीको प्रकाश दाहाल फाउन्डेसनले एक कार्यक्रम गर्यो । कार्यक्रमको नाम थियो, ‘प्रकाश दाहाल सहासिक सगरमाथा सम्मान कार्यक्रम’ ।

उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरुले प्रकाशले गरेका काम, प्रकाशसँगको सबै तितामिठा अनुभव भोगाइको बारेमा स्मरण गरे ।

कार्यक्रमको अन्त्यमा प्रकाश दाहाल फाउन्डेसनकी संयोजक एवं प्रकाश दाहालकी जीवनसंगीनी बिना मगरले प्रकाशलाई स्मरण गरिन् । उनले आफ्नो स्व पति प्रकाशसँगको सगरमाथा आरोहण अनुभव सुनाइन ।

कार्यक्रममा मन्त्री विना मगरले सुनाएका अनुभवनको सम्पादित अंशः

हाम्रो सगरमाथा आरोहणको नेतृत्व कृष्ण केसीले गर्नुभएको थियो भने सह–नेतृत्व प्रकाश दाहालले गर्नुभएको थियो । नेतृत्वले आरोहणको तयारी पूरा गरेपछि हामील हामीले सरगरमाथा आरोहण शुरु गर्यौं क्याम्प ४ बाट ।

आरोहणमा म सबैभन्दा पछाडीको टीममा परेकी थिएँ । प्रकाश र अन्य साथीहरु धेरै अगाडीको टीममा हुनुहुन्थ्यो । हामीसँग हाम्रा शेर्पाहरु सँगै हुनुहुन्थ्यो । हामी बिस्तारै उकालो लाग्दै गर्दा हामीले उहाँहरुलाई भेट्यौँ । उहाँहरु हामीलाई कुर्दै आरोहणको बाटोभन्दा साइड लागेर बस्नुभएको रहेछ । उहाँहरुलाई भेटेपछि हामीले पुनः आरोहण शुरु गर्यौं । आरोहण गर्दै गर्दा त्यहाँ पहिरो जान थाल्यो । पहिरोले गुडेको ढुङ्गाले लागेर हाम्रा केही शेर्पाहरु घाइते हुनुभयो ।

घाइते शेर्पाहरुले ‘हिड्दै गर्नुस्, हामी तपाईंहरुलाई भेट्छौं’ भन्नुभयो । त्यसपछि प्रकाशजी लगायत अन्य साथीहरुसँग हामी अगाडी बढ्यौं । हामी लामो समय हिडिसक्दा पनि शेर्पा साथीहरु आउनुभएन । हामीले लगाएको अक्सिजन बाहेक अन्य अक्सिजनको सिलिण्डर सबै शेर्पाहरुसँगै थियो । उनीहरु यदि आउन ढिला भएमा हामी सबैको ज्यान जान सक्थ्यो ।

शेर्पाहरु लामो समय पनि नआइसकेपछि मैले प्रकाशलाई भनेकी थिएँ, ‘हामी फर्कनुपर्छ होला, यो अक्सिजनले पुग्दैन ।’ त्यतिबेला उहाँले भन्नुभयो, ‘यो अक्सिजनले सगरमाथाको चुचुरो पुग्न सकिन्छ ।’ उहाँले फर्कने कुरा गर्नुभएन र थप्नुभयो, ‘एउटा सहासीले लक्ष्य मात्र हेर्छ, त्यो भन्दा पछाडीको केही पनि हेर्दैन ।’

उक्त कार्यक्रममा दक्षिण कोरियाका नागरिक आमहोम गिल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ छुन्दो शेर्पालाई सम्मान पनि गिरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.