काठमाडौँको सिनामंगल सवारी दुर्घटना, १६ घाइते

रिपोर्ट नेपाल | 2019 Jul 02 | 09:38 am 2279

काठमाडौं, असार १७: काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस र हायस एकापसमा ठोक्किँएर  दुर्घटना भएको छ । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।

गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो मंगलबार बिहान ७ बजे एकापसमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउकोमा चोट लागी गम्भिर घाइते भएका छन् । चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ । दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.