संखुवासभामा प्रहरी र विप्लव समुहबीच गोली हानाहान, थप सुरक्षाकर्मी काठमाडाैंबाट पठाइयाे

रिपोर्ट नेपाल | 2019 Jul 01 | 01:19 pm 2061

संखुवासभा, असार १६:  जिल्लाकाे सिलिचुङ गाउँपलिकास्थित होङ्लामा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

गस्तीमा हिडेको प्रहरी टोलीमाथि विप्लव समुहका कार्यकर्ताले गोली हानेपछि प्रहरीले जवाफी फायर खोलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीनबहादुर लामाले  जानकारी दिए ।

सोमबार भोजपुरको डिलखर्कबाट संखुवासभा जादै गरेको प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएकाे हाे । गोली हानाहान भएपनि घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको डिएसपी थापाले बताए ।

विप्लवका कार्यकर्ता र प्रहरीबीचकाे दुरी टाढा भएकाले  उनीहरु कति संख्यामा थिए भन्ने खुल्न नसकेको पनि जानकारी दिए । थापाका अनुसार दुबैतर्फको विवरण आउनेक्रम जारी  रहेकाे बताए  ।

अहिले सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५/२५ जनाको बेग्लाबेग्लै टोली सेनाको ३ वटा हेलिकोप्टरमा उक्त स्थलमा पुगेको बताइएकाे छ ।

घटनाबारेमा जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार गरिरहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.