काठमाडौं, असार १६: आफ्नै आमाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्। आइतबार आफ्नै आमाको हत्या गरेकाे आरोपमा भक्तपुरकी ईश्वरी भट्टराई पक्राउ परेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
प्रेममा बाधक भएको भन्दै उनले आमाको हत्या गर्न लगाएकी हुन् । उनीसहित अन्य चारजना पक्राउ परेका एसएसपी थापाले बताए ।
प्रकाउ पर्नेमा ईश्वरीका प्रेमी मोहमद नवशाद रहेका छन्। त्यसैगरी भारतबाट बोलाइएका ‘कन्ट्रयाक्ट किलर’ भोला कुमार र मोहमद रहिसलाई पनि पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए।
आइतबार दिउँसो भक्तपुरको खरिपाटीमा ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरिएको थियो।