मोटरसाइकलमा आएका युवाले भक्तपुरमा महिलाको घाँटी रेटेर हत्या

रिपोर्ट नेपाल | 2019 Jun 30 | 02:55 pm 1579

काठमाडाैँ, असार १५ : भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ। आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार अपराध महाशाखा र भक्तपुर प्रहरी परिसरले घटनामा संलग्न युवाको खोजी भइरहेको छ। उनले भने-‘घटनाको अनुसन्धान गरिरहेका छौ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.