धादिङ, असार १५: पूर्वपश्चिम राजमार्ग अन्तर्गत धादिङको बेनीघाटमा बस र दुईवटा माइक्रो बस एक आपसमा ठोक्किएर भयानक दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३० जान घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाए ।
दुर्घटनामा लु १ ख ९०९७ नम्बरको बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किँएको प्रहरीले बताए । घाइतेहरुको उद्धार गरी स्थानीय अस्पतालहरुमा उपचार गराइरहेको प्रहरीले जानकारी दिए ।