एसईईमा कम नतिजा आएकाेले एक किशाेरीले गरीन् आत्महत्या

रिपोर्ट नेपाल | 2019 Jun 30 | 11:39 am 2156

काठमाडौं, असार १५   एसईई परीक्षाको नतिजामा  भनेजस्तो श्रेणी नआएमा एक  किशोरीले आत्महत्या गरेकी छन् ।

आत्महत्या गर्नेमा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई हाल चन्द्रागिरी नपा –१२ बलम्वु दूरसञ्चार बस्ने सदिक्षा पौडेल रहेकी प्रहरीले जानकारी दिए । उनले श्री बलम्वु माविबाट  एसईई परीक्षा दिएकी थिइन् ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले एसईईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने बताए ।

प्रहरीका अनुसार उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको छ ।  पौडेलको एसईईमा जिपिए ३.६ आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.