महेश सिंह महतो
सिरहा, असार १४: जिल्लाको वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउने क्रममा विजुलिको तर सार्ट भई १७ वर्षीय ध्रवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको पोष्टमार्टमको लागि लहान अस्पतालमा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिल राज वोहरा बताए ।
वरियारपट्टी गाउँपालिकामा रहेको विद्युतिय तार भुइमा झरी ४ सय ४० भोल्ट विद्युत प्रवाह भएको हुँदा ३ जनाको ज्यान खतराबाट जोगिन सफल भएका छन् ।
वरियारपट्टी ३ नवटोलिमा खेतीको लागि जडान गरीएको ४ सय ४० भोल्ट प्रवाह गरेको हो । असारे विकासको कारण हतार हतारमा ६१ लाख वजेट घुपचुप गर्नको लागि विद्युत कार्यालय लहानलाई समेत जानकारी नगरी उपभोक्ता समितिले आफ्नै मनपरी अध्यक्ष कर्मचारीबाट भएको कृषि विद्युती करण गर्दा १५ दिनमै कतै पोल ढल्नु त कतै विद्युतीय तार सार्ट हुन पुगेको हो ।