काठमाडौं, असार १३: प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएपछि कतिपय स्थानमा गरिएका कामहरु हास्यास्पद किसिमको रह्यो । संसद भवनमै फितलो भयो भनेर सत्तापक्षकै सांसदहरुले आलोचना, टिका टिप्पणी गरेका छन् । भने कतिपय स्थानमा उक्त कार्यक्रम संचालन हुने तयारीमा रहेको छ । संचालन भइसकेको स्थानीय तह मध्ये दोलखाको सैलुङ गाउँपालिकाले भने यो कार्यक्रम मार्फत सबै भन्दा उदाहरणीय काम गरेको छ ।

यसै प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिकाको वडा नम्बर १ दुधपोखरीमा नमुना सडक निर्माण गरेको छ । पर्यटकीय नगरी सैलुङ जाने पदमार्ग पनि पर्ने र वडाबाट गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक वर्षाबेलामा हिलो र हिउँदमा धुलोको समस्यालाई मध्येनजर गरी सो सडकमा ढुङ्गा राखेर सोलिङ गरेका छन् ।
उक्त कार्यक्रमका संचालनका लागि गाउँपालिकाले २९ लाख रुपैयाँ बजेट प्राप्त गरेको थियो । प्राप्त बजेट सबै वडालाई बराबरी बाँडफाँड गर्दा एउटा वडाले ३ लाख ६२ हजारको भागी पाएको थियो ।
गाउँपालिकाका ८ वटा वडामध्ये वडा नम्बर एक दुधपोखरीले प्रधानमन्त्री रोजगार कार्यक्रम नमुना काम गरिरहेको गाउँपालिका प्रमुख भरत दुलालले जानकारी दिए । दुलालका अनुसार गाउँपालिकाले कार्यक्रम संचालका लागि रकम दिँदा नै राम्रो काम गर्नेलाई सम्मान गर्ने भनेर दिएको पनि बताए ।

फोटोः कमल थापा मगर
सो वडाका वडा अध्यक्ष बिर्ख बहादुर तामाङले दिएको जानकारी अनुसार १ सय ५ घनमिटर सडक सोलिङ गर्ने लक्ष्यका साथ काम भईरहेको जानकारी दिए । निर्माण गरिएको उक्त सडक चार मिटर चौडाईँ रहेको यो सडक अहिलेसम्म ८० घनमिटर बनिसकेको वडा अध्यक्ष तामाङले बताए ।
कुल रकमको ३ लाख बराबर निर्माण कार्य सम्पन्न भएको र बाँकी रकमले २५ घनमिटर निर्माण गर्ने लक्ष्य रहेको वडाध्यक्ष तामाङको भनाई छ । अहिले गाउँका ४० जना स्थानीयले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम गरिरहेका छन् ।
राम्रो काम जस्ले गर्छ उसको सम्मान गर्नुपर्दछ । यदी जस्ले काम गर्न जान्दैन भने उसले राम्रो काम गर्नेको सिको लिनु पर्दछ । भन्नुका तातपर्य अरु नराम्रो भनेको हैन । जनताले तिरेको कर अनावश्यक रुपमा खेर नजाओस् गरेको लगानी दिगो भई अर्को पटक फेरि त्यसैमा लगानी गर्न नपरोस् । काम हाेस् थाेरै तर हाेस् दिगाे त्यो लगानीले अर्को वर्षमा थप अरु कार्य निर्माण सम्पन्न होस् भन्ने कुरा सबैमा चेतना भया ।