उपराष्ट्रपति पुन सरसफाईमा

रिपोर्ट नेपाल | 2019 Jun 28 | 08:02 pm 2044

काठमाडौं, असार १३:  महिनामा एक दिन श्रममा खट्ने घोषणा गरेका उपराष्ट्रपति नन्दबहादुर पुनले आज शुक्रबार आफ्नै निवास सरसफाई गरेका छन् ।

हालै लैनचौरस्थित पुरानो समाज कल्याण परिषदलाई निवास बनाएर बसाई सराई गरेका पुनले आफ्ना सहयोगी र सुरक्षाकर्मी सहित कोदालो लिएर सफाई गरेका थिए ।

पुरानो समाज कल्याणको कार्यालयलाई ग्रीन हाउस नाम दिएर सरकारले उपराष्ट्रपतिको कार्यालय निवास सारिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.