- महेश सिह महतो
सिरहा, असार १२: लाहानमा एक दिने लागु औषध सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार लहानस्थित श्री पशुपति आदर्श माविको प्रांगणमा लागूऔषध दुरुपयोग तथा ओसार पोसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।

ईलाका प्रहरी कार्यालय लाहानको आयोजनामा भएको कार्यक्रममा लाहान नगरपालिका भित्रका प्याराडाईज स्कुल, ललकु मावि र म्यारी ल्याण्ड स्कुलका कक्षा ९ र १० गरी २ सय जना विधार्थीहरुको सहभागीता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको अवसरमा लाहान नगरपालिकाका नगर प्रमुख मुनि साह पनि सहभागी भएका थिए । कार्यक्रमको अध्यक्षता ईलाका प्रहरी कार्यालय लाहानका प्रमुख प्रहरी निरिक्षक विजय यादवले गरेका थिए ।