नयाँ पत्रिकाकर्मी संगीत श्रोता पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 26 | 06:41 pm 1423

काठमाडौं, असार ११ : नयाँ पत्रिकाकर्मी संगीत श्रोतालाई बुधबार अपरान्ह प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अघिल्तीरबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपछि उनलाई सुरुमा प्रदर्शनी मार्गस्थित पुलिस क्लबमा हु्ँदै महानगरीय प्रहरी बृत्त सिंहदरबार लगिएको थियो ।

प्रहरीले झुक्किएर उनलाई पक्राउ गरेको भन्दै केही बेरमै रिहा गरेको छ । महानगरीय प्रहरी परीसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विप्लव नेकपा निकट ठाकुरप्रसाद तिमल्सिना ‘रसुवाली कवि’ लाई पक्राउ गर्न गएको टोलीले सँगै रहेका श्रोतालाई झुक्किएर पक्राउ गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.