जिल्ला शिक्षा अधिकारी घुससहित पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 25 | 03:36 pm 2438

काठमाडौं, असार १० :  शिक्षा विकास तथा समन्वय सल्यानमा कार्यरत इकाइ प्रमुख धनबहादुर वली घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार घुससहित उनलाई पक्राउ गरेको हो। वलीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.