सन्जु न्यौपानेको तिज गीत “दर खान” सार्वजनिक (भिडियोसहित)

रिपोर्ट नेपाल | 2019 Jun 25 | 03:26 pm 3873

काठमाडौं, असार १० : लोक दोहोरी गायिका सन्जु न्यौपानेको तिज गीत “दर खान” को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गीतहरूमा आफ्नो जादुमय आवाज भरिसकेकी गायिका सन्जुले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गर्दै “दर खान” नामक गीतको म्युजिक भिडियोलाई भर्खरै बजारमा लिएर आएकी हुन् ।

सङ्गीतकार एक नारायण भण्डारीको शब्द तथा सङ्गीत रहेको यस गीतलाई विश्वास नेपालले एरेन्ज गरेका छन् । छायाङ्कन कारण चैसिरले छायाङ्कन गरेको यस भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा मोडल रिना थापा, गायिका तथा मोडल सन्जु न्यौपाने र प्रेम खड्कालाई फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस् :

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.