पार्टी बैठकमा सहभागी हुन नेपाली सेनाको हेलिकप्टर प्रयोग

| 2019 Jun 25 | 06:51 am 2319

हुम्ला, असार १०: गत शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्। नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकका लागि मुख्यमन्त्री शाही र मन्त्री रावलले सुर्खेत सिमकोट र सिमकोट कालिकोटको यात्रा सेनाको हेलिकप्टरबाट गरेका हुन्।

हुम्लाका लागि अहिले दैनिक नेपालगञ्ज र सुर्खेतदेखि नियमित दर्जनौं हवाई उडान भरिरहेका बेला कर्णाली प्रदेशमा हुने आपतकालिन उद्धारका लागि भन्दै सुर्खेतमा राखिएको हेलिकप्टरलाई मुख्यमन्त्री शाही र मन्त्री रावलले पार्टी कार्यक्रमका लागि प्रयोग गरेका हुन्।

नेपाली सेनाको नाइन एन आरएआई कलसाइन भएको हेलिकप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै नेकपाका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री शाही, र सामाजिक विकास मन्त्री रावल सिमकोट आएका थिए। एक दिनको सिमकोट बसाइपछि मुख्यमन्त्री, मन्त्रीलगायत नेकपा नेता सोही हेलिकप्टरमा सिमकोटबाट मुख्यमन्त्री शाहीको गृह जिल्ला कालिकोट हुँदै सुर्खेत फर्किएका थिए। नागरिक दैनिकमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.