सिरहाको धनगढीबाट ८ किलो चरेससहित दुई जना प्रहरीको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2019 Jun 24 | 10:14 pm 2256

  • महेश सिंह महतो

सिरहा ,असार ९:  जिल्लाको धनगढीमाई नगरपालिकामा अवैध लागूपदार्थ ८ किलो चरेससहित २ जनालाई प्रहरले नियन्त्रणमा लिएको छ ।

सिरहाबाट खटिएको प्रहरीको विशेष टोलीले धनगढी १० श्यामपुर बाट उक्त परिमाणको अवैध चरेससहित दुईजनालाई पक्राउ गरेको हो । चेक जाचको क्रममा प्रहरीले खानतलासी गर्दा १७ प्याकेट चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई ११ का रामभगत महतो र धनगढी १२ बस्ने रामेश्वर महतो रहेको सिरहाको प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जनाए ।

सिरहा गाजा ,चरेस, लागु औषधको पकेट छेत्रको रूपमा चिनिन थालेको छ । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखीएको र थप अनुसन्धान गरिरहेको प्रहरीले बताए छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.