कठमाडौं, असार ९ : प्रहरी प्रधान कार्यालयले प्रहरी छ जना निरीक्षक (इन्सपेक्टर) काज सरुवा गरेको छ । विष्णुहरी ढकाल, बिरेन्द्र कुमार ठाकुर, सूर्य बहादुर बोगटी, प्रताप पौडेल, ॠषिराज ढकाल र राजेन्द्र राय यादवको काज सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयका विष्णुहरी ढकाललाई मकवानपुर, मकवानपुरका ठाकुरलाई बारा, कपिलवस्तुका बोगटीलाई काठमाडौँ महारागञ्ज र पोखराका पौडेललाई कपिलवस्तु खटाइएको छ ।
त्यस्तै इन्स्पेक्टर ॠषिराज ढकाललाई मोरङ र राजेन्द्र राय यादवलाई जनकपुर खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।