बर्दिया, असार ८: काठमाडौंबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएकाे छ । दुर्घटना हुँदा ३० जना घाइते भएका छन् भने घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जानकारी दिएका छन् ।
सुदूरपश्चिम यातायातको ना ६ ख १३३९ नम्बरको साइपाल डिलक्स बस बर्दियाको रम्भापुरमा आइतबार बिहान ४ बजे दुर्घटनामा परेको हो । काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल लगिएकाे छ । बस चालक सिकारु भएकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान गरकाे छ ।