रामेछापमा एम्बुलेन्स दुर्घटना एककाे मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2019 Jun 23 | 09:01 am 2718

रामेछाप, असार ८:  आईतबार बिहानै रामेछापको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना भएकाे छ । दुर्घटनामा  परी १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएक छन् ।

खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै गरेको बा २१ च ७५२५ नम्बरको नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक शेख अदालतका अनुसार दुर्घटनामा सिन्धुली खुर्कोटका २२ वर्षीय चालक नीरबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

चालकसँगै गएका सिन्धुलीका अन्दाजी १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.