सिरहामा शसस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामद

रिपोर्ट नेपाल | 2019 Jun 22 | 07:51 pm 2220

  • महेश सिंह महतो

सिरहा, असार ७:  जिल्लाको पटेर्वा नगरपालिका १७ बाट शसस्त्र प्रहरी बल आउट पोस्टले  कटुवा पेस्तोल बरामद गरेको छ।

माडर सडकमा शसस्त्र प्रहरी बल सप्रनि सुरेन्द्र बहादुर शाहीको कमान्डमा खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वामा चेक जाचको क्रममा पेस्तोल बरामद गरेको हो ।

भारतबाट नम्वर नखुलेको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेको एक अपरिचित व्यक्तिले सुरक्षाकर्मीलाइ देख्नासाथ साथमा रहेको एक थान कटुवा पेस्तोल कमला खोलामा फ्याकी भारत तर्फ भागेका थिए ।

शसस्त्र प्रहरी बलले बरामद गरेको कटुवा पेस्तोल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको सप्रनि सुरेन्द्र बहादुर शाहीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.